कैलालीमा उखु बोकेको ट्रकमा आगलागी

युग संवाददाता     111 पटक पढिएको    

कैलालीमा उखु बोकेको ट्रकमा आगलागी


धनगढी। कैलालीको कैलारी गाउँपालिकामा उखु बोकेको ट्रकमा आगलागी भएको छ। आज बुधवार दिउँसो जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा उखु बोकेको ट्रकमा आगलागी प्रहरीले जनाएको छ।


कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागि भएको प्रहरीले बताएको छ। विद्युतको तारमा ट्रकले छोएकाले आगो लागेको हो।


स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। ट्रकमा रहेको उखुमा क्षति भएको छ। ट्रकमा क्षति नभएको प्रहरीले बताएको छ।सो समन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



बुधबार २१, चैत २०८० ०१:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.