मुख्यमन्त्रीसहित ५ मन्त्री दिए नयाँ गठबन्धनमा जान्छौं,’नत्र कांग्रेसको सरकारलाई मत दिन्छौं’

युग संवाददाता     130 पटक पढिएको    

मुख्यमन्त्रीसहित ५ मन्त्री दिए नयाँ गठबन्धनमा जान्छौं,’नत्र कांग्रेसको सरकारलाई मत दिन्छौं’


काठमाण्डौँ / मंगलबार नागरिक उन्मुक्ति पार्टी नाउपा का संरक्षक रेशम चौधरीले प्रधानमन्‍त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीले फोन गरेर बोलाएपछि आफूले आज ९मंगलबार० प्रधानमन्त्री दाहालसँग कुराकानी गरेको चौधरीले बताए। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने विषयलगायतमा कुराकानी भएको थियो।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नाउपा पनि सहभागी छ। मुख्यमन्त्री कमल शाहले चैत २२ गते विश्वासको मत लिने तयारी गरेका छन्। चौधरीले नाउपाले मुख्यमन्त्री शाहलाई विश्वास मत दिने बताए। ‘मुख्यमन्त्री शाहलाई अहिलेसम्म हामी विश्वासको मत दिने पक्षमा छौं,’ चौधरीले भने, ‘प्रधानमन्त्रीजीले मुख्यमन्त्री दिने कुरा गर्नु भएको छ।

मुख्यमन्त्री र कांग्रेसले दिएजति मन्त्रालय दिनुस् नयाँ गठबन्धनमा गइहाल्छौं भनेका छौं।’ सुदूरपश्चिममा नाउपाका ७ जना सांसद छन्। तीमध्ये ५ जना मन्त्री छन्। शाह नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई फिर्ता आउन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले निर्देशन दिए पनि उनीहरू सरकारबाट फिर्ता आएका छैनन्। चौधरीले अध्यक्ष श्रेष्ठसँग पनि कुराकानी गरेर पार्टीभित्र देखिएका विवाद हल गरेर जाने बताएका छन्। प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ।

मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का ५ सांसदलाई मन्त्री बनाएका छन् । तर सरकारलाई समर्थन गर्नेरनगर्नेबारे नाउपामा चर्को विवाद छ। सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन्। नाउपाको समर्थनका बाबजुद शाहलाई बहुमत पुग्दैन। उनले एक सांसद भएको राप्रपा र स्वतन्त्र सांसद तारा जोशीलाई मन्त्री बनाउने प्रयास गरेका थिए।

तर राप्रपाले समर्थनको निर्णय नगरेपछि जोशी पनि रोकिएका छन् । एकीकृत समाजवादीका पूर्व नेता समेत रहेका जोशीलाई एमाले–माओवादी गठबन्धनले पनि फकाइरहेको छ। गठबन्धनसँग माओवादीका १० ९सभामुख बाहेक०, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ।



बुधबार २१, चैत २०८० ०४:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.