ऐन महर राजीनामा दिएको एक महिनामै एमालेको केन्द्रीय सदस्यमा फर्किए

युग संवाददाता     496 पटक पढिएको    

ऐन महर राजीनामा दिएको एक महिनामै एमालेको केन्द्रीय सदस्यमा फर्किए

 


काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले फेरि पुरानै जिम्मेवारी पाएका छन्। गत फागुन ३ गते बसेको एमाले सचिवालय बैठकले महरले केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको थियो।


तर आइतबार बसेको एमाले सचिवालय बैठकले महरलाई फेरि केन्द्रीय सदस्यमा फर्काउने निर्णय गरेको हो।एमालेले फागुन ३ मा उनीसहित सिराज अहमद फारूकीको पनि राजीनामा स्वीकृत गरेको थियो। फारूकीले २०७९ को चुनावमा समानुपातिक सांसद बनाइदिने भन्दै १५ लाख रुपैयाँ लिएको आरोप लागेको थियो।


उता २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गरेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए। एमालेमा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने महरले राजीनामा दिएको कारण गत फागुनमा खुलाइएको थिए। तर उनी र एकजना युवतीको नाममा सामाजिक सञ्जालमा विवादित अडिओ र भिडिओ भाइरल भएका थिए।एमालेनिकट अनेरास्ववियुको अध्यक्षसमेत भइसकेका महरलाई उक्त अडिओ र भिडिओका कारण केन्द्रीय सदस्यबाट राजीनामा दिन लगाइएको थियो।



आइतबार ११, चैत २०८० १२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal