पहिचान र अधिकारका लागि मुक्ति अभियान  ः राजेन्द्र महतो

युग संवाददाता     59 पटक पढिएको    

पहिचान र अधिकारका लागि मुक्ति अभियान  ः राजेन्द्र महतो


धनगढी राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए ।


“थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएनौँ । अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,” उनले भने, “यो देश सबै नेपालीको हो । सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ ।”



बिहिबार ०८, चैत २०८० १०:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.