हाटखोलीमा भेटियो नेपाली सेनाको टुईन्च मोटर बम

युग संवाददाता     52 पटक पढिएको    

हाटखोलीमा भेटियो नेपाली सेनाको टुईन्च मोटर बम


धनगढी। कैलालीको हाटखोलीमा विस्फोटक पदार्थ फेला परेको छ । बुधबार बिहान गोदावरी नगरपालिका–४ को हाटखोलीमा विस्फोटक पदार्थ भेटिएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले नेपाली सेनाले प्रयोग गर्दै टुइन्च मोटर बम फेला परेको जानकारी दिए । उनकाअनुसार स्थानीयले हाटखोलीस्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो । उक्त टोलीले बमलाई डिस्पोज गरेर फर्किएको प्रहरीले जनाएको छ । हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने गरेका कारण सोही क्रममा बम हराएको हुनसक्ने अनुमान गरिएको छ ।



बिहिबार ०८, चैत २०८० ०४:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.