कैलालीमा वन मुद्दाका पाँच जना दोषी पक्राउ

युग संवाददाता     474 पटक पढिएको    

कैलालीमा वन मुद्दाका पाँच जना दोषी पक्राउ


धनगढी। कैलालीबाट एकै दिन पाँच जना दोषी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतका प्रहरीहरूले सजाय वा जरिबाना ठहर भएका पाँच जनालाई बिहिवार पक्राउ गरेको हो।

कैलाली प्रहरीले बिहिवार जानकी गाउँपालिका–६ का वन मुद्दाका महेश चौधरी र विनोद चौधरीलाई अदालतमा पेस गरेको छ। उनीहरू वन मुद्दाका दोषी हुन। उनीहरूलाई समान ६ हजार नौ सय ६२ रुपैयाँ २६ पैसा जरिबाना अदालतले तोकेको थियो। चोरी मुद्दामा दोषी ठहर भएका जानकी गाउँपालिका–५ का फत्ते सिंह थारू बिहिवार पक्राउ परेका छन्। उनलाई २ हजार आठ सय रुपैयाँ जरिबाना तोकिएको थियो।

जिल्लाको टीकापुर नगरपालिका–१ का कृष्ण दमाई पनि फक्राउ परेका छन्। वन मुद्दामा दोषी ठहर भएका दमाई बिहिवार पक्राउ परेका हुन्। उनलाई ११ हजार ६ सय ८० रुपैयाँ जरिबाना तोकिएको थियो। यता, धनगढी उपमहानगरपालिका–१७ का डिल्लीराज गिरीसमेत पक्राउ परेका छन्। वन मुद्दामा पाँच दिन कैद सजाय र तीन हजार एक सय ६० रुपैयाँ जरिबाना तोकिएका गिरी बिहिवार पक्राउ परेका हुन्। उनीहरू पाँच जनालाई कैलाली प्रहरीले अदालतमा पेस गरेको छ।



शनिबार ०३, चैत २०८० ०३:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal