बरामद गरियो ६१ किलो जंगली बदेल र चित्तलको मासु

युग संवाददाता     134 पटक पढिएको    

बरामद गरियो ६१ किलो जंगली बदेल र चित्तलको मासु

 

धनगढी। धनगढीमा जंगली बदेल र चित्तलको मासु बरामद गरिएको छ।आइतबार प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बाट जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरेको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु बरामद गरेको कैलालीका डीएसपी कुलदीप चन्दले बताए।

जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ६१ किलो मासु बरामद गरिएको उनले बताए। बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। वन अधिकृत किशोर कुमार धामीले वनको टोली तथा प्रहरी प्रशासनको रोहबरमा खाल्डोमा पुरीएको बताएका छन्।



आइतबार २७, फागुन २०८० ०१:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.