काग्रेंसले फागुन २६ देखी वडा र क्षेत्रिय सम्मेलन गर्दै

युग संवाददाता     419 पटक पढिएको    

काग्रेंसले फागुन २६ देखी वडा र क्षेत्रिय सम्मेलन गर्दै

 


धनगढी  नेपाली कांग्रेस कैलालीले आफ्नो जिल्ला सम्मेलन आगामी वैशाख महिनाको अन्तिम सम्ममा गर्ने निर्णय गरेको छ । जिल्ला कार्य सम्पादन समिति कैलालीको बैठकले २०८१ वैशाख मसान्त सम्ममा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सचिव नृप सुनारले जानकारी दिए।

दोस्रो जिल्ला सम्मेलनका लागि फागुन २६ गते बाट तयारी सुरु गर्ने निर्णय गरिएको हो । वडा र टोल सम्मेलन २०८० फागुन २६ गते देखि चैत १६ गते सम्म गर्ने, पालिका सम्मेलन चैत १७ गते देखि चैत ३० गते सम्म , प्रदेश क्षेत्रीय सम्मेलन र प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन२०८१ वैशाख १ गते देखि वैशाख १० गते सम्म निर्णय गरिएको हो । जिल्ला सम्मेलन २०८१ वैशाख मसान्त सम्म गर्ने निर्णय गरिएको छ । पार्टी, जनप्रतिनिधि र बजेट विषयक एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरिएको छ ।



शनिबार १९, फागुन २०८० ०५:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal