भौतिक पूर्वाधार विकास मन्त्री  देउवाद्वारा मन्दिरको शिलान्यास

युग संवाददाता     65 पटक पढिएको    

भौतिक पूर्वाधार विकास मन्त्री  देउवाद्वारा मन्दिरको शिलान्यास


 

धनगढी । कैलालीको धनगढी उपमाहानगरपालिका १४ सि गाउँमा रामजानकी मन्दिरको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकासबहादुर देउवाले मन्दिरको शिलान्यास गरिएको हो । 
बिज्ञापन


मन्दिरको उद्घाटन गर्नुहुदै मन्त्री देउवाले प्रदेश सरकार धर्मिक र साँकृतिक क्षेत्रको पहिचान, संरक्षण, सम्वर्धन गर्दै धार्मिक पर्यटनसँग जोडेर बिकास गर्ने रणनीति लिएका बताए । 

उनले हिन्दुहरुका प्रमुख आराध्य देवका रुपमा मानिदै आएका भगवान राम र जानकीको नाममा निर्माण हुन लागेको रामजानकी मन्दिर निर्मामा सरकारले सहयोग गर्ने बताएका छन् । 

सुदुरपश्चिम सरकारले गत वर्ष ३ दिने मानसखण्ड सम्मेलन आयोजना गरेको स्मरण गर्दै मन्त्री देउवाले प्रदेश सरकारले  सुदूरपश्चिमलाई धार्मिक प्रर्यटनको सर्किटका रुपमा बिकास गर्न सकिने उनको भनाई छ । 

यस्तै मन्त्री देउवाले सोही क्षेत्रमा रहेको सर्बोदय माध्यामिक विद्यालयको समेत अनुगमन गरेका थिए । सो विद्यालयको भौतिक विकासका लागी  सहयोग गर्ने मन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका छन् । 

गत वर्ष रामजानकी मन्दिर निर्माण गर्न स्थानियहरुले महायज्ञ संचालन गरी ८ लाख रकम संकलन गरेका थिए । बिक्रम सम्बत २०५२ सालदेखि रामजानकी मन्दिरका नाममा जग्गा प्राप्त गरि  सो क्षेत्रमा पुजाआजा  गरिदै आएको छ ।

शिलान्यास कार्यक्रमका मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्षतामा  सम्मपन्न  भएको थियो । सो कार्यक्रममा वडा नम्बर १४ का वडाअध्यक्ष मान बहादुर विष्ट विशिष्ट अथिती रहेका थिए । 



आइतबार १३, फागुन २०८० ०१:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.