धनगढी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले प्रदेश सरकारलाई सही दिशामा ल्याउन पत्रकारहरुको खबरदारी आवश्यक रहेको बताएका छन् । ६३ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय समाचार समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा मंगलबार धनगढीमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री धामीले प्रदेश सरकारको बजेटमा बिचौलिया देखिए त्यसको खबरदारी पत्रकारले गर्नुपर्नेमा जोड दिएका हुन् । सरकारको गती बिस्तारै बढिरहेको बताएका मन्त्री धामीले बिगतको सरकार भन्दा सुशासन र पारदर्शीतामा उल्लेख्य सुधार भएको दावी गरे ।
बिगतको भन्दा धेरै प्रतिशत हामीले सुधार गरेका छौँ उनले भने ‘हामीले ६० देखी ७० प्रतिशत सुधार ल्याइसकेका छौँ, चाँडै ८० देखी ९० सम्म पुग्ने छ, हामी सबै सुध्रे १०० प्रतिशत पुग्न समय लाग्दैन्, सबैले आ आफ्नो जिम्मेवारीमा ध्यान दिए सुशासन कायम हुने र बिकास क्रमागत रुपमा भइरहने छ, सबैभन्दा ठुलो हाम्रो दुस्मन भ्रस्टाचार हो, त्यसका बिरुद्ध प्रदेश सरकार कटिबद्ध छ र पत्रकारहरुलेपनि त्यसका बिरुद्ध शसक्त रुपमा लाग्न जरुरी छ । ’ उनले सरकारप्रति मात्र नभई सबै क्षेत्रमा विश्वास कायम हुन नसकेको बताए । उनले भने –‘अहिले कसैले कसैलाई पनि विश्वास गर्दैनन् । राम्रो आफुमात्र भन्ने प्रचलन बढ्दै गएको छ । यसका कारण अहिले व्यवस्थामाथिनै ठुलो समस्या सृजना भइरहेको छ ।’ उनले अहिले समाज उल्टो बाटो तर्फ लागिरहेको बताउँदै –‘बहस र छलफल नभए अझ ठुलो संकट पैदा हुन्छ । अहिले केही विचौलिया र शक्तिको आडमा स्वार्थ केन्द्रित निर्णयहरु पनि भइरहेको पाइन्छन् । स्वार्थ लिएर लागेका मानिसले कहिले काही नेतृत्वलाईनै परिचालन गरिरहन्छन् ।’
प्रतिकृया दिनुहोस