गोदावरीका सामुदायिक वनबाट काठ तस्करी हुँदै

युग संवाददाता     518 पटक पढिएको    

गोदावरीका सामुदायिक वनबाट काठ तस्करी हुँदै

 

धनगढी । कैलालीको गोदावरीका वनहरूबाट काठ तस्करी हुँदै आएको फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ को वसन्तपुर महिला सामुदायिक वनबाट सिसमको काठ तस्करी हुने गरेको फेला पारेको हो।

सब डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख निराजन कडेलका अनुसार वनमा काठ काट्दै गरेका बच्चु चौधरी र फागुराम चौधरीलाई पक्राउ गरिएको छ। उनीहरूले विवाहका लागि दाउरा काट्दै गएको बताएका छन्। तर, सिसमको काठ भएकाले छोडिएको छैन। उनले मुद्‍दा चलाउने वा सामुदायिक वनको जिम्मामा दिने विषयमा छलफल जारी रहेको बताएका छन्।



सोमबार ०७, फागुन २०८० ०४:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal