नागरिक अभिनन्दन कार्यक्रमको आय–व्याय सार्वजनिक

युग संवाददाता     138 पटक पढिएको    

नागरिक अभिनन्दन   कार्यक्रमको आय–व्याय सार्वजनिक

धनगढी । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका लागि आयोजना गरिएको नागरिक अभिनन्दनको आय–व्याय सार्वजनिक गरिएको छ ।

शनिबार धनगढीमा मुल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै बिहिबार भएको अभिनन्दन कार्यक्रमको खर्च र आम्दानीबारे जानकारी दिएको हो ।

मुल समितिका संयोजक मायाप्रकाश भट्टका अनुसार अभिनन्दनमा सात लाख नौ हजार एक सय ६६ रुपैया खर्च भएको छ भने विभिन्न व्यक्ति तथा संघसंस्था र अभिनन्दन ग्रन्थबाट छ लाख छ हजार तीन सय ३२ रुपैयाँ संकलन भएको छ ।

उनले ८० हजार तीन सय रुपैयाँ सम्भावित उठ्न बाँकी रहेको बताउँदै ‘२२ हजार पाँच सय ३४ रुपैयाँ अपुग रहने देखिएको छ ।’

नेपालको राजनीति र साहित्यमा पुगाएको योगदानको कदर गर्दै चन्दको ८५ औं जन्मोत्सवको अवसर पारेर धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो । 

संयोजक भट्टले भने –‘अपुग रकम संकलन गर्न उनको अभिनन्दन ग्रन्थ विद्यालय तथा कलेजहरुमा वितरण गरि सहयोग रकम संकलन गरिने छ ।’ उनले भने –‘प्रति पुस्तक पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।

शिष्ट राजनीतिज्ञ र सालिन साहित्यकारको परिचय बनाएका चन्दको जन्म विक्रम सम्वत १९९६ मा फागुन ३ गते बैतडीको कुरकुटिया गाउँमा भएको थियो । २०२५ सालबाट औंपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका उनी २०४०, २०४६, २०५३ र २०५८ मा गरेर चार पटक नेपालको प्रधानमन्त्री भए । चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छन् ।



शनिबार ०५, फागुन २०८० १२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.