गोदावरी क्षेत्रमा नदीजन्य पदार्थको अबैध उत्खनन्

युग संवाददाता     123 पटक पढिएको    

गोदावरी क्षेत्रमा  नदीजन्य पदार्थको अबैध उत्खनन्

 

धनगढी ।  गोदावरी नगरपालिकामा रहेको  नदी खोला बाट नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिबाना गरेर छाड्ने निर्णय भएको छ।

आइतबार जिल्लास्तरीय अनुगमन समितिको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट १९ वटा ढुवानीका साधन नियन्त्रणका बिषयमा भएको छलफलमा नदीजन्य पदार्थ अबैध रुपमा उत्खननमा प्रयोग भएका गाडी जरिबाना तोकेर छाड्ने निर्णय भएको हो।

नदीजन्य पदार्थ ढुवानी तथा उत्खनन गर्ने सवारीमा ३ हजार देखि ५० हजारसम्म जरिबाना भराउने गरि गाडी सवारी छोड्ने निर्णय भएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए । नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली तीनवटै नदीको अनुगमन गरेको थियो ।


जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहने समितिमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, वन र आन्तरिक राजस्वका प्रमुख सदस्य रहने प्रावधान छ । समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुखको अध्यक्षतामा बसेको बैठकपछि नदीको अनुगमन गरिएको थियो।

तीनवटै नदीबाट १० वटा टिपर, ३ वटा स्काभेटर, ३ वटा जेसीबी र ३ वटा ट्याक्टर प्रहरीले कब्जामा लिएको थियो । कब्जामा लिएका १९ वटै ढूवानीका साधन जरिबाना गरेर छोड्ने सहमति बुधबार भएको हो । तीनवटा स्काभेटरलाई एक लाख ५० हजार, ६ वटा जेसीबीलाई एक लाख ८० हजार, तीनवटा टिपरलाई ९० हजार र तीनवटा ट्याक्टरलाई ९ हजार पहिलोपटकका लागि जरिबाना गरेर छोड्ने निर्णय भएको छ।ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ४ अनुसार ‘नदीजन्य पदार्थको उत्खनन गर्दा सामान्यतया श्रममूलक प्रविधिको प्रयोग गर्नुपर्ने उल्लेख छ।

मेसिनको प्रयोग गर्नुपर्ने भए वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित सर्त र सीमाभित्र रही गर्नुपर्ने उल्लेख छ।वातावरण प्रभाव मूल्यांकनमा ती नदीका सात ठाउँबाट नदीजन्य पदार्थ संकलनको अनुमति दिइएको छ। दुई ठाउँबाट ढुंगा मात्र र अन्य स्थानबाट बालुवा, गिट्टी र भरान संकलन गर्न पाइने भनिएको छ। वडा नम्बर २ र ३ मा पर्ने नदीबाट ५१ घनमिटर र तेघरी र खमौराको बीचमा पर्ने गोदावरी नदीबाट २५ हजार ४ सय ४० घनमिटर ढुंगा निकाल्न पाइने उल्लेख छ।दुवै स्थानमा नदीजन्य पदार्थ उत्खनन गर्दा शून्य दशमलव ८ मिटरभन्दा गहिरो खाल्टो बनाउन नपाउने उल्लेख छ। अरू पाँच स्थानमा पनि शून्य दशमलव ९९ मिटरभन्दा गहिरो जान नपाउने उल्लेख छ। सबै मिलाएर गोदावरी नदीबाट मात्रै २ लाख घनमिटर नदीजन्य पदार्थ निकाल्न पाउने उल्लेख गरिएको छ।



बिहिबार २५, माघ २०८० ०४:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.