काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ ।
साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।
उनले नयाँ शिराबाट जाने हो भने प्रधानमन्त्री प्रचण्डले देशका लागि १० देखि ५ बजेसम्मको समय सिंहदरबारभित्रै खर्च नगरेसम्म, अनुगमन नगरेसम्म कुनै पनि विश्वास जित्न नसक्ने दाबी गरे । हाम्राकुराबाट
प्रतिकृया दिनुहोस