रवि लामिछानेविरुद्ध जाहेरी

युग संवाददाता     72 पटक पढिएको    

रवि लामिछानेविरुद्ध जाहेरी

 

पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् ।


जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत जोडिएको छ । पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन् ।

पीडितको जाहेरी दर्ता भने भएको छैन । यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको कास्की प्रहरीले जनाएको छ । 

पीडितहरुले आइतबार नै जाहेरी दर्ता गर्न खोजेका थिए । तर प्रहरीले प्रक्रिया नमिलेको भन्दै फर्काएको थियो । 

बचतकर्ताका १ अर्ब भन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्व अध्यक्ष गितेन्द्र जीबी राईसहित डेढ दर्जन बढी व्यक्तिहरु फरार छन् ।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहित केहीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । 



सोमबार २२, माघ २०८० ०५:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.