धनगढी उपमहानगरपालिकाले मानेन कर्मचारीलाइ हाजिर लगाउन

युग संवाददाता     82 पटक पढिएको    

धनगढी उपमहानगरपालिकाले मानेन कर्मचारीलाइ हाजिर लगाउन

धनगढी साउन ४ / 

उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाइ हाजिर लगाउन रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन । मन्त्रालयको निर्देशन समेत नमानेपछि उपमहानगर बिरुद्ध कर्मचारीहरु निरन्तर धर्नामा छन् । धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ ।
धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य भन्दा कर्मचारीलाई कहाँबाट तलब दिने चिन्ता बढेर समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएको जनाइएको छ । संघीय मन्त्रालयको जिम्मेवारी तलब दिने भएपनि उपमहानगरपालिकाले हाजिर रोक्न गलत भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले भने –‘तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन दिएको छैन। अहिले पनि हाम्रो धर्ना जारी रहेको छ ।’ देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो । त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छैन । तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको छ । नयाँ आर्थिक वर्ष शुरु भएसंगै २०७५ सालमा समायोजन र समायोजन मिलान भई कार्यरत कर्मचारीमाथि विभेद गरेको जनाइएको छ । समायोजन र समायोजन मिलान गरि धनगढी उपमहानगरपालिकामा ५६ जना स्वास्थ्यकर्मी कार्यरत थिए । दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी भएको भन्दै उपमहानगरपालिकाले समायोजन मिलान भएका ३३ जना स्वास्थ्यकर्मीहरुको हाजिरी रोकेको छ ।


एउटा मेयरले कर्मचारी आवश्यक छन् भनेर सहमती दिने अनी अर्को मेयर आउँदा सहमती खारेज भयो जहाँबाट आएका थियौँ उतै जाउ भन्न मिल्छ निजामती कर्मचारी अधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष बिमल जोशीले भने “ब्यक्तीले गरेको निर्णय नभई धनगढी उपमहानगरले गरेको हो यो उउटा संस्था हो त्यस कारण पुरानै सहमती कार्यान्वयन हुनुपर्छ, यहाँ स्वास्थ्य मन्त्रालयसंग बजेटका लागी दवाव दिन उपमहानगरले कर्मचारीहरुलाई ढाल बनाएको छ, यो दुखद हो, कर्मचारीको अबिभावकलेनै यस्तो हर्कत गर्नु गलत हो ।” कसैका ब्यक्तीगत स्वार्थका लागी कर्मचारीलाई ढाल नबनाइयोस उनले भने “यहाँ दरबन्दीनै छैन कर्मचारी चाहिदैनन् भनेर गलत प्रचार गर्दै उपमहानगरले अहिले भएका कर्मचारीका ठाउँमा करारमा कर्मचारी भर्ना गर्न खोज्दैछ भन्ने सुनेको छु एदी त्यो हो भने हाम्रा लागी सह्य हुने छैन ।” शुरुमा दरबन्दी भएका क्षेत्रबाट स्वास्थ्यका कर्मचारीहरुलाई मिलान गरियो अहिले उतै जाउ भन्न मिल्छ उनले भने “दरबन्दी खाली भएका ठाउँमा कर्मचारी राखिसकेका छन्, उता कसरी जानु, अहिले काम गरिरहेको ठाउँबाट लखेट्न खोजिदैछ अनी धनगढीमा कार्यरत स्वास्थ्य क्षत्रेका ३३ जना कर्मचारीले कहाँ जाने के गर्ने त्यो आधारपनि दिनुपर्छनी शुरुमा सहमती दिने संस्थाले ।”

अन्यायमा परेका कर्मचारीहरुको धर्नामा स्वास्थ्यकर्मी संघ, विभिन्न कर्मचारी संघ संगठन, धनगढी उपमहानगरपालिकाका केही वडा अध्यक्षको समर्थन रहेपनि उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेस्ठले समस्या समाधानतर्फ ध्यान दिएका छैनन् । धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान गरेर आएका स्वास्थ्यकर्मीहरुको हाजिर रोकेपछि स्वास्थ्य संस्थामा जनशक्ति अभाव रहेको छ । प्रमुख जिल्ला अधिकारी मार्फत समेत प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराएपनि कर्मचारी बारे कुनै वास्ता नगरेको उनिहरु बताउँछन् । प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीका समस्या बारे चासो नदिएकै कारण समस्या निम्तिएको दावी गर्दै कर्मचारीहरुले माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

निजामती कर्मचारी संघ कैलालीबा अध्यक्ष खेमराज जोशीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्र आइसकेपछि समेत कर्मचारीहरुलाई हाजिर गर्न नदिएपछि प्रमुख जिल्ला अधिकारी मार्फत प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराइएको बताए । हामीले सिडियो सापलाई गएर सोधिसकेका छौँ यस्तो कदापी गर्न मिल्दैन उनले भने “हाजिर रोक्नु निजामती कर्मचारी ऐन बिपरित हो उहाँले भन्नुभाछ, जिल्लाबाट सहजीकरण गर्ने र नमाने केन्द्रमा पठाउने आश्वासन पाएका छौँ, अब कानुनी तवर र सडकबाटै हामी आन्दोलनमा रहनेछौँ, सरकारको निर्देशन उपमहानगरले मान्दैन भने हामी यो भन्दा कठोर आन्दोलन, प्रमुख प्रशासकिय अधिकृतलाई धनगढी निषेधदेखी कैलालीका सबै सरकारी कार्यालय ठप्प पार्ने सम्मका कार्यक्रम गर्नेछौँ ।”
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्र एक जना स्वास्थ्यकर्मीले हेर्नुपर्ने अवस्था रहेको छ। बिरामी उपचार, मातृशिशु कार्यक्रम, खोप कार्यक्रम लगायतका सामान्यदेखि जटिल उपचार गर्दै आएको सो केन्द्रमा एक जनामात्र स्वास्थ्यकर्मी हुँदा सेवा प्रवाहमा समस्या आएको स्वास्थ्यकर्मीहरु बताउँछन् । उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, १५ र १६ वडामा रहेको स्वास्थ्य चौकीमा दुई÷दुई जना, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मी छन भने अन्यमा एक स्वास्थ्यकर्मीको भरमा सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।



बिहिबार ०४, साउन २०८० ०१:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.