आफ्नै भुमी जान विदेशी बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ः दिलेन्द्र बडु

युग संवाददाता     393 पटक पढिएको    

आफ्नै भुमी जान विदेशी बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ः दिलेन्द्र बडु

 

दार्चुला । प्रतिनिधि सभा सदस्य दिलेन्द्र बडुले आफ्नै भुमिमा जानका लागी विदेशी बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताएका छन। आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता बडुले तिंकरबासीले हालसम्म पनि जिल्ला सदरमुकाम आउन भारतिय बाटो प्रयोग गर्नुपरेको अवस्था उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य गरिनुपर्ने बताएका हुन ।


उनले राष्ट्रिय स्वाभिमान सित जोडिएका त्यस्ता क्षेत्रहरुमा राष्ट्रिय गौरवका योजनाहरुलाई केन्द्रित गर्नुपर्ने बताए । उनले त्रिदेशीय व्यापारक र रणनितिक महत्वको रुपमा रहेको दार्चुला–तिंकर सडकलाई राष्ट्रिय गौरवको योजनाको रुपमा सञ्चालन गर्ने र आगामी ४ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएर काम थाल्नुपर्ने बैठकमा प्रस्ताव राखेका थिए ।


उनले आफ्नो उक्त प्रस्ताव राष्ट्र र राष्ट्रियता सित जोडिएको हुनाले यसले प्राथमिकता पाउनुपर्ने बताए । उनले दार्चुलामा गत वर्ष तुईन तर्दा ३ जनाले ज्यान गुमाउनुपर्ने अवस्था आएको स्मरण गर्दै आगामी दिनहरुमा त्यस्ता घटनाहरुको कमी गर्न सरकारका तर्फबाट विशेष ध्यान जान जरुरी रहेको समेत बताएका छन ।



आइतबार ०७, जेठ २०८० १०:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal