धनगढी वैशाख २५ । पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा जेठ पाँच गते नागरिक अभिनन्दन गर्ने भएका छन् । धनगढीमा आज नागरिक अभिनन्दको सचिवालय स्थापना गरी पत्रकार सम्मेलन मार्फत मुल आयोजक समितिका संयोजक जयन्त चन्दले पत्रकार सम्मेलनमा बताए । पुर्व राजा शाहले पछिल्लो पटक आफ्नो सक्रियता बढाएका छन् ।
नागरिक अभिनन्दनको नामा पुर्व राजाले धनगढीमा पनि अभिनन्दन गर्ने मुल आयोजक समितिका संयोजक जयन्त चन्दले जानकारी दिनु भयो । राप्रपाका केन्द्रिय सदस्य राजेश भण्डारीले नागरिक अभिनन्दन कार्यक्रमा करिव पचास हजार जन सहभागिता रहने बताएका छन् । उनका अनुसार नागरिक अभिनन्दन कार्यक्रममा युवाहरुको उल्लेखिन सहभागिता रहने पनि उनले पत्रकार सम्मेलनमा बताए ।
उक्त कार्यक्रममा स्वतन्त्र नागरिकहरु उपस्थित हुन पाउनेछन् । ‘राजा कुनै दल, कुनै पार्टी, कुनै व्यक्तिको हुँदैनन्, राजा सबैको साझा हुन्छन् ।’ आयोजकले साझा राजालाई सबैले सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।
प्रतिकृया दिनुहोस