कञ्चनपुरमा सशस्त्रमाथि खुकुरी प्रहारः २ पक्राउ, मुख्य एक फरार

युग संवाददाता     139 पटक पढिएको    

कञ्चनपुरमा सशस्त्रमाथि खुकुरी प्रहारः २ पक्राउ, मुख्य एक फरार

कञ्चनपुर। कञ्चनपुरमा तस्करी रोक्न खोज्दा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ परेका छन्। भने एक मुख्य नाईके भारत फरार भएका छन् ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी का इन्चार्ज सई नरेन्द्र चैंसिरमाथि शुक्रबार राती खुकुरी प्रहार भएको थियो।

प्रहरीले स्थानीय जय बैच र विक्रम नेपालीलाई शनिबार दिउँसो पक्राउ गरेको र खुकुरी प्रहार गर्ने मुख्य नाईके रोहन बैच भारततर्फ फरार भएकोे प्रहरीले आशंका गरेको छ ।ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक अर्जुन साउँदले खुकुरी प्रहार गर्ने मुख्य नाईके रोहन फरार रहेकाले उनको खोजी कार्य भैरहेको बताए ।होटेलमा बसिरहेका उनीहरुसहित १०र१२ जनाको रहेको उक्त समुह बिच विवाद बढ्दै जाँदा अबेर राती किन झगडा गरिरहेको भन्दै सई चैँसिरले सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको हो।


चैँसिरसहित सशस्त्र प्रहरीको टोली शुक्रबार राती गस्ती सकेर बिओपीमा फर्किरहेको थियो । खुकुरी प्रहार गर्ने मुख्य नाईके बैच शुक्रबार दिनभरी इलाका प्रहरी कार्यालय दोधारामै थिए। युवाहरुबीच भएको झगडाबारे छलफलका लागि उनी इलाका प्रहरी कार्यालयमा आएको खुलेको छ। साँझ छलफल सकेर फर्केका थिए ।प्रहरी निरिक्षक साउँदले उनी भारततिर भागेको हुन सक्ने भन्दै घटनामा संलग्न अन्यको पनि खोजी भैरहेको बताए। खुकुरी प्रहारपछि सई चैंसिरको बायाँ पाखुरामा सामान्य चोट लागेको छ।घटनापछि फरार रहेका ति सबै युवा मध्ये दुई जनालाई आज दिउँसो पक्राउ गरिएको हो।घटनामा संलग्नहरु तस्करीमा संलग्न हुने गरेको र पछिल्लो समय सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न थालेपछि आक्रमणको आशंका पनि गरिएको छ। भारतबाट अवैध रुपमा भित्रिने सरसमान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउन थालेपछि नगरपालिका र जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले घरायसी सामानको नाममा तस्करी हुने गरेको र त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए।



शनिबार २३, बैशाख २०८० ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.