अत्तरिया क्षेत्रमा वन अतिक्रमित संरचना हटाइयो

युग संवाददाता     149 पटक पढिएको    

अत्तरिया क्षेत्रमा  वन अतिक्रमित संरचना हटाइयो


धनगढी बैशाख १८ /  गोदावरी नगरपालिका अत्तरियामा पर्ने वन क्षेत्रमा अतिक्रमित संरचना हटाइएको छ।  गोदावरी नगरपालिका चौकी डाँडामा वन र सडक क्षेत्र अतिक्रमण गरे निर्माण गरिएका संरचना हटाइएको हो ।

डिभिजन वन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गराइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।वन क्षेत्रमा अतिक्रमित दुई दर्जन बढी घर टहरा डोजर मार्फत खाली गरिएको हो । डिभिजन वन कार्यालय धनगढीले तीन वर्षदेखि जंगल किनारमा टहर निर्माण गरेर बस्दै आएकाहरुका घर टहरा भत्काएर पुरै क्षेत्र खाली गरिएको बताएको छ।

अतिक्रमित वन क्षेत्र खाली गर्ने काममा जारी रहेको छ। अवरोध आउन सक्ने भन्दै वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठुलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ। सडक किनारमा वन क्षेत्रको जमिन ओगटेर घर टहरा निर्माण गरी बस्दै आएकाहरुले विरोध गरे पनि डिभिजन वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउन डोजर चलाएको हो। सो क्षेत्रमा अधिकांश दलित समुदाय तथा भूमिहिनको बसोबास रहेको थियो।वन छेउ बसेका बाढीपीडित र सुकुमबासीले जंगलको सिमाना मिचेको गोदावरी नगरपालिका ३ स्थानीय रामचन्द्र अवस्थीले बताए।

बाढीपीडित र सुकुमबासीका नाममा टहरो बनाएकाहरूले अहिले सात बिघाभन्दा बढी जंगल क्षेत्र कब्जा गरिसकेको उनको भनाई छ । उनीहरूले नातेदारलाई समेत ल्याएर वन मासेर बस्ती बसाल्ने योजना बनाएको उनले बताए। अतिक्रमित क्षेत्रमा जनप्रतिनिधि, सामुदायिक वनका अध्यक्षलगायतका व्यक्तिले चासो नदेखाएको उनले बताए । उनले अतिक्रमित संरचना हटाइएकोले अब वन क्षेत्र सुरक्षित हुने आशा ब्यक्त गरे । उनीहरुले भूमिको व्यवस्था गरिदिनुपर्ने भन्दै तीन वर्ष अघि राजमार्ग आसपास र सडक किनारमा बस्ती बसालेर बसेका थिए।कैलालीको तेघरी जंगलछेउ बस्दै आएका बाढीपीडित र सुकुमबासीहरू पछिल्लो समयमा वन अतिक्रमण गर्न सक्रिय भएका थिए। सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगल क्षेत्रमा राजधानी बनाउने घोषणा गरेपछि बाढीपीडित र सुकुमबासीहरू सामुदायिक र राष्ट्रिय वन मासेर बस्नयोग्य जमिन बनाउन जुटेका थिए।

सब डिभिजन बन कार्यलयले अतिक्रमीत जमिन खाली गरि दिनका लागि सम्बन्धित ब्यक्तिहरु लाई पटक पटक अतिक्रमण जमिन छोडी दिनका लागि लिखित तथा मौखिक रूपमा भन्दा अतिक्रमण क्षेत्र खाली गराउन भनियको चौकीडाडा महिला सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष प्रेम राज भण्डारीले बताए ।अतिक्रमण गरि बनायको घरटहरा सामुदायिक बन बाट हटाउनका लागि सूचना दिदा पनि हट्न नमाने पछि आज डिभिजन बन कार्यलय धनगढी निमित्त प्रमुख भिम प्रसाद ढकालको नेतृत्वमा सशस्त्र बन रक्षक , बनकर्मचारी ,नेपाली प्रहरी र सशस्त्र प्रहरी सयुक्त टोलिले बल प्रयोग गरि अतिक्रमण गरि बनाएका ५०० सय घरटहरा हटाउन थालियको छ ।यता डिभिजन बन कार्यलय निमित प्रमुख ढकालले भने अतिक्रमण हटाएको ठाउँमा निरन्तर रूपमा हेरबिचार , निगरानी राख्ने पुन घरटहरा बनायमा बन ऎन २०७६ अनुसारको घटना को अनुसन्धान गरि कानुनी कारबाही गर्ने बताए।गोदावरी नगरपालिका क्षेत्रको चौकीडाँडा महिला सामुदायिक वन, सुरक्षा सामुदायिक वन, दुर्गालक्ष्मी सामुदायिक वन, तेघरी सामुदायिक वनलगायतका सामुदायिक वन अतिक्रमणमा परेका छन् ।



सोमबार १८, बैशाख २०८० १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.