स्ववियु निर्वाचनः उम्मेदवारी दर्ता, आजै प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गरिने

Yugnepal     319 पटक पढिएको    

स्ववियु निर्वाचनः उम्मेदवारी दर्ता, आजै प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गरिने

 

काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको थियो । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ ।


१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले शनिबार बिहान ११ देखि २ बजेसम्म उम्मेद्वारी दर्ताको समय छुट्याएको छ ।उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ । शनिबार नै प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । चैत ५ मा हुने निर्वाचनका लागि समितिले नमुना मतपत्र बनाएर क्याम्पसहरूमा समेत पठाइसकेको छ । ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार मतदाता रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काठमाडौं त्रिचन्द्र बहुमुखी क्याम्पसले भने मतदाता सूची सार्वजनिक गर्न सकेको छैन ।

निर्वाचनमा काठमाडौं उपत्यकाभित्रका २२ आंगिक क्याम्पसका साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी सहभागी हुँदै छन् । यसबाहेक सामुदायिक र निजी क्याम्पसमा पनि स्ववियु चुनाव गराउन त्रिविले सर्कुलर गरेको छ । त्रिविअन्तर्गत ५ सय २३ सामुदायिक र ५ सय १७ निजी क्याम्पस छन् ।इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक,थापाथली, पश्चिमाञ्चल क्याम्पस पोखरा, पूर्वाञ्चल क्याम्पस धरानले विद्युतीय मतदान प्रणालीबाट निर्वाचन गर्ने तयारी गरेका छन् । केन्द्रीय क्याम्पस कीर्तिपुरले पनि विद्युतीय मतदान गराउने निर्णय गरेको छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।



शनिबार २७, फागुन २०७९ ०८:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal