जसपाबाट उपराष्ट्रपतिमा प्रमिला र रामसहायको उम्मेदवारी

युग संवाददाता     604 पटक पढिएको    

जसपाबाट उपराष्ट्रपतिमा प्रमिला र रामसहायको उम्मेदवारी

 

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी  जसपा बाट दुई जनाको उम्मेदवारी परेको छ । जसपाबाट प्रमिलाकुमारी यादव र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको हो । 

प्रमिलाको प्रस्तावकमा सांसदहरू रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिष सुमन रहेका छन् ।

त्यस्तै जसपाका संसदीय दलका नेतासमेत रहेका रामसहायको उम्मेदवारी प्रस्तावकका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।


त्यस्तै नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन् ।

निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकेको थियो । आजै अन्तिम नामावली आउने छ । चैत ३ गते निर्वाचन हुनेछ ।



शनिबार २७, फागुन २०७९ ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal