सुदुरपश्चिममा प्रदेश सरकार गठनका लागि आवहान

युग संवाददाता     207 पटक पढिएको    

सुदुरपश्चिममा प्रदेश सरकार गठनका लागि आवहान

 

धनगढी,२० पुस
सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठनका लागि आवहान गरपएको छ । प्रदेश प्रमुखको कार्यालयद्धारा बुधवार सूचना टाँस गरि दलहरूलाई मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरिएको छ । 
   सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज  दलहरूलाई मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरेको हो । 
संविधानको धारा १६८ को उपधारा २  बमोजिम प्रदेश सरकार  गठन गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एकलैको सरकार बन्न सक्ने छैन । सरकार  गठन गर्नक लागी दुई वा दुई भन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिन्छ । सरकार बनाउन  २७ सांसदको  आवश्यक पर्छ ।  धारा १६८ उपधारा १ बमोजिम स्पष्ट बहुमत नभएपछि धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको मत हुनुपर्ने छ। 
सुदूरपश्चिम प्रदेशमा कुनै पनि एक दलले सरकार बनाउन सक्ने अवस्था छैन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न २७ गते साँझ बेलुका ५ बजे सम्म समय निर्धारण गरेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।



बुधबार २०, पुष २०७९ १२:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.