गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने काँग्रेसका कार्यकर्ता पक्राउ

युग संवाददाता     565 पटक पढिएको    

गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने काँग्रेसका कार्यकर्ता पक्राउ

 

काठमाडौंः नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका तीनजना नेता पक्राउ परेका छन्।

शीतल निवासमा गृहमन्त्री लामिछानेको शपथग्रहण चलिरहेका बेला उनीहरूले प्रदर्शन गरेका थिए। पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्टसहित ३ जना रहेको प्रहरीले जनाएको छ।


लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै मुद्दा चलिरहेको छ। प्रदर्शनस्थलबाट नेविसंघका भुवन भट्ट, विक्रम आदित्य गिरी, मनिष रायमाझी पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ।



सोमबार ११, पुष २०७९ १२:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal