काठमान्डौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सँगसँगै देखिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल सँगसँगै देखिएका हुन् ।
शपथ ग्रहणका क्रममा पूर्वप्रधानमन्त्रीहरुका लागि व्यवस्था गरिएको कुर्सीमा उनीहरु सँगै बसेपनि भलाकुसारी गरेको भने देखिएन । नेकपा एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी बनाएपछि दुई नेताबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएका छ । उनीहरुले मञ्च सेयर समेत बिरलै गर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस