रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह

युग संवाददाता     198 पटक पढिएको    

रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह

 


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै तीन जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन् ।  उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन् । 

सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो । अध्यक्ष प्रचण्डसहित उपप्रधानमन्त्रीहरुको शपथ अहिले ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुँदैछ  ।



सोमबार ११, पुष २०७९ १०:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.