राष्ट्रिय स्वतन्तत्र पार्टीले माओवादीलाई उछिन्यो

युग संवाददाता     288 पटक पढिएको    

राष्ट्रिय स्वतन्तत्र पार्टीले माओवादीलाई उछिन्यो

काठमाडौं / समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत ल्याएको छ ।

हालसम्म ९२ लाख २७ हजार ५४ मत गनिसकिएको छ । सोही समयमा एमालेले २५ लाख १६ हजार ५९२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २३ लाख ८५ हजार १०३ मतसहित दोस्रो स्थान बनाएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार १४८ मत ल्याएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख १७ हजार ४४ मत ल्याएर छैठौं स्थानमा रहेको छ भने  सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत पाएको छ । ​समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।



सोमबार १२, मङि्सर २०७९ ०१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal