कञ्चनपुर–१ मा एमालेका तामाङ दोब्बर मतले अगाडि

युग संवाददाता     93 पटक पढिएको    

कञ्चनपुर–१ मा एमालेका तामाङ दोब्बर मतले अगाडि

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङ दोब्बर मतले अगाडि छन्। १३ हजार ८ सय ८९ गणना हुँदा तमाङले ७ हजार २ सय ५३ मत पाएका छन्। प्रतिस्पर्धी नेकपमा माओवादी केन्द्रका उम्मेदवार बीना मगरले ३ हजार ८ सय ५ मत ल्याएकी छन्। प्रदेशसभा (१)मा पनि एमाले उम्मेदवार बीरबहादुर थापा अगाडि छन्।

१२ हजार ३ सय ६७ मत गणना हुँदा उनले ६ हजार ३७ मत पाएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ३ हजार २ सय ९४ मत पाएका छन्।

यसैगरी, प्रदेशसभा(२)मा नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टको अग्रता छ। ९ हजार ९ सय ६८ मत गणना हुँदा उनले ३ हजार ३ सय ८२ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका पल्लवराज भट्टले २ हजार ९ सय ५० मत पाएका छन्।



बुधबार ०७, मङि्सर २०७९ ०२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.