मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट २ जना पक्राउ

युग संवाददाता     201 पटक पढिएको    

मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट २ जना पक्राउ

पर्सा । मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।

पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो । गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरूलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।



शनिबार ०३, मङि्सर २०७९ १२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.