सुनका गरगहनासहित तीन जना भारतीय नागरिक पक्राउ

युग संवाददाता     194 पटक पढिएको    

सुनका गरगहनासहित तीन जना भारतीय नागरिक पक्राउ

मोरङ । प्रहरीले सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।मोरङको रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट प्रहरीले भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव,

अररिया कौवाकोह–३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादवलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ तोला ४ आना ४ लाल सुनको एकथान नेक्लेस र एक जोर बाला, औंठी सहितको पन्जा एक जोर, एक जोर पाउजु र एक थान सिक्री गरी करिब ३१ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको ३ जना सवार मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिले प्लाष्टिकको झोला सोही स्थानमा फाली फरार भएका थिए ।

झोला तलासी गर्दा उक्त परिमाणको सुन तथा चाँदीको गरगहना फेला पारेको थियो । त्यसपछि मोटरसाइकलसहित फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा रंगेली नगरपालिका–४ चोप्राह बोडर छेउबाट बिआर ३८ जेड १८८० नम्बरको मोटरसाइकलसहित घटनामा संलग्न उनीहरूलाई फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



मङ्गलबार २९, कार्तिक २०७९ ०३:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.