जुम्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान

युग संवाददाता     137 पटक पढिएको    

जुम्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान

जुम्ला । जुम्लाका सबै स्थानीय तहमा नमुना मतदान भएको छ । एक चन्दननाथ नगरपालिका र ७ गाउँपालिकामा नमुना मतदान भएको हो । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान गरिएको हो । भोट बदर हुने सङ्ख्या कम गर्न नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईले बताए ।

उनका अनुसार नमुना मतदानमा देखिएका कमीकमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका चौलागाईले बताए । कर्मचारीको सहयोगमा मतदातालाई सहभागी बनाएर पातारासी,गुठिचौर,चन्दननाथ नगरपालिका,तातोपानी,तिला र हिमा गाउँपालिकामा नमुना मतदान गरिएको थियो । उनले भने,आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर नमुना मतदान छ। जिल्लाका ८ वटै स्थानीय तहमा मतदाताहरूलाई मतदान गर्ने तरिका, बदर मत घटाउने नमुना मतदानको  उद्देश्य हो ।

जुम्लाका ६० वटा  वडाहरू छन् । सबैमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। आइतबार १ सय ४ जनाले चन्दननाथ नगरपालिकामा गरेका थिए। जसमध्ये  ९१ मत सदर,१३ मत बदर भएको थियो । पातारासी गाउँपालिकामा ३८ जनाले नमुना मतदान गरे जसमध्ये २४ मत सदर,१४ मत बदर भएको चौलागाईले जनाए । हिमा गाउँपालिकामा ४२ मध्ये ३० मत सदर १२ मत बदर,तातोपानीमा ५९ मध्ये  ५० मत सदर र ९ मत बदर, तिलामा ७२ मत मध्ये ५४ मत सदर र १८ मत बदर भएका थिए ।

गुठिचौर गाउँपालिकामा ७२ खसेको मत मध्ये ६० मत सदर र १२ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहमा भएको नमुना मतदानको बदर मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको निर्वाचन कार्यालयले जनाएको छ । यो भन्दा पहिला कनकासुन्दरी गाउँपालिकामा र सिञ्जा गाउँपालिकामा नमुना मतदान भइसकेको थियो । कनकासुन्दरी गाउँपालिकामा ४८ मत खसेकोमा १२ मत बदर भए। सिञ्जा गाउँपालिकामा ३७ मत खसेकोमा ८ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईंले जनाए ।



सोमबार २८, कार्तिक २०७९ ०३:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.