कांग्रेस बैठकमा घोषणापत्रको ड्राफ्टमाथि छलफल

युग संवाददाता     235 पटक पढिएको    

कांग्रेस बैठकमा घोषणापत्रको ड्राफ्टमाथि छलफल

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मंसिरको चुनावका लागि कार्यदलले तयार पारेको घोषणापत्रको ड्राफ्ट पेश भएर छलफल भइरहेको छ ।  महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गठित कार्यदलले पेश गरेको घोषणापत्रको ड्राफ्टमा नेताहरुले सुझाव दिइरहेको एक नेताले जानकारी दिए । 

‘सबैले सुझाब दिने काम भइरहेको छ । यो सुझाव ड्राफ्ट कमिटीले टिपेको छ र त्यसलाई समेटेर समितिले पुनः बनाउनेछ’, ती नेताले भने, ‘घोषणापत्रमा प्रयोग भएका शव्दहरु सामान्य खालका राख्न सुझाव दिएका छौं ।’

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुले  संविधानको रक्षा र नेपाली जनताको सुरक्षा, आर्थिक विकास र समुन्नत नेपाल निर्माण, सीमान्तकृत समुदायको आयको सुनिश्चितता, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभुति, समान पहिचान र प्रतिनिधित्वको व्यवस्था, युवाहरूलाई आकर्षण हुने खालको घोषणापत्र बनाउन सुझाव दिएका छन् ।



शनिबार २९, असोज २०७९ १२:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal