नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार

युग संवाददाता     198 पटक पढिएको    

नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार

काठमाडौं / विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।

ओरी ओरअफ  र यरीभ बोर्टसहित छ जना नेपाली नागरिकहरू तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाको उद्धार टोलीले शुक्रबार हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याएको हो । उद्धार गरिएका आठै जनाको अवस्था हाल सामान्य रहेको नेपाली सेनाले जानकारी दिएको छ ।



शुक्रबार २१, असोज २०७९ ०२:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.