पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते

युग संवाददाता     128 पटक पढिएको    

पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते

पाल्पा / पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी  ४ जना घाइते भएका छन् । बुटवलबाट यात्रु लिएर पाल्पाको  जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले  जनाएको छ ।

पाल्पामा डिएसपी वीरेन्द्र थापाले  दुर्घटनामा स्थानीय  हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन, छविलाल रास्कोटी घाइते भएको बताए । जिपमा १० जना यात्रु रहेको थिए । घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि ल्याएको छ । जिप के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ  । 



बिहिबार १३, असोज २०७९ ०५:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.