सुनसरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

युग संवाददाता     158 पटक पढिएको    

सुनसरीमा  चट्याङ लागेर दुई जनाको मृत्यु

सुनसरी / सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधबार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता देवी यादव र सोही गाउँपालिका–६ बस्ने ६० वर्षीय उदित चन्द्र यादव छन् ।

उनीहरुको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रिता देवीले भैँसीलाई पानी खुवाउने क्रममा र उदित चन्द्रले आफ्नै घरबाट करिब एक किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।



बुधबार १२, असोज २०७९ ०२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.