डा गोविन्द केसीको बीसौं सत्याग्रह शुरु

युग संवाददाता     353 पटक पढिएको    

डा गोविन्द केसीको बीसौं सत्याग्रह शुरु

 

धनगढी । चिकित्सा शिक्षा अभियन्ता प्राडा गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित गीता सत्संग भवनमा सत्याग्रह शुरु गरेका छन् ।उनले सोमबार साँझ ५ बजेदेखि २०औँ सत्याग्रह शुरु गरेका हुन् ।  

सत्याग्रह शुरु गर्नुअघि सत्याग्रहस्थलमै पत्रकार सम्मेलन गरी आफ्ना मागसहित सत्याग्रह शुरु गरेको जानकारी दिए । डा। केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई सातासम्म अल्टिमेटम दिएका थिए ।
 
‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै जवाफ नआएकाले सत्याग्रहका शुरु गरेको छु’,  डा। केसीले भने, ‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा अनशन शुरु गरेँ ।’  

डा। केसीले आफूले राखेका माग र समाधानको खाकासमेत सरकारलाई यसअघि नै बुझाइसकेका छन् । उनले अनसन शुरु गर्नुअघि नागरिक समाजका प्रतिनिधिसँग छलफलसमेत गरेका थिए ।

आफ्ना माग सरकार अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा अनसन शुरु गरेको केसीले बताए ।

डा। केसीले यसअघि १९ पटकसम्म निकै कठिन परीक्षा दिइसकेका छन् । जुनसुकै सरकार आए पनि उनको माग पूरा गर्न सकेको छैन । 

 



सोमबार २७, भदौ २०७९ ०३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.