गठबन्धन बाटै निर्वाचनमा जान्छौ ः अध्यक्ष डा भट्टराई

युग संवाददाता     374 पटक पढिएको    

गठबन्धन बाटै निर्वाचनमा जान्छौ ः अध्यक्ष डा भट्टराई


 धनगढी भदौ २०/ नेपाल समाजबादी पाटीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा बावुराम भटराईले संघ र प्रदेश सभाको निर्वाचनमा आफ्नो पाटीले गठबन्धन बाटै निर्वाचनमा जाने बताएका छन् । नेपाल समाजबादी पाटी सुदूरपश्चिम प्रदेश समितिले आयोजना  गरेको पत्रकार सम्मेलन नेता भटराईले सो कुरा बताएका हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले संघसद विघटन गरेर प्रतिगनका विरुद्ध बनेको गठबन्धन हो तर संसद विघटन हुँदा लोकतन्त्रको रक्षा गर्नका लागी नेपाली काँग्रेस नेकपा माओबादी केन्द्र एकिकृत समाजबादी जन्नता समाजबादी जनमोर्चा लगायतका दलहरु मिलेर बनेको गठबन्धन प्रतिगमन विरुद्ध खबदारी र लोकतन्त्रको रक्षागर्नकै लागी थियो ,तर अहिले कुनै पनि दलले  बहुमत ल्याउन नसक्ने भएका कारणले गठबन्धन बाटै संघ र प्रदेशको निर्वाचन सहभागी भएर जाने सहमति भएको उनले पत्रकार सम्मेलनमा बताए । लोकतन्त्रको रक्षा प्रतिगनका विरुद्ध आफ्नो पार्टी रहेकाले पनि नेपाल समाजबादी पाटी गंठबन्धन दल संग निर्वाचन जाने  नेता भटराईले बताए । सिट बाँडफाँटमा जुन क्षेत्र बाट पाटीले चुनाव जितेको छ नेपाल समाजबादी पाटीले पनि चुनाव जितेका क्षेत्रमा दाबी गर्ने बताए । सिटका लागी गठबन्धन भित्र छलफल भईरहेकोले छिट्टै दलहरु विच सहमति हुने बताए ।  पत्रकार सम्मेलनमा बोल्दै नेता भटराईले भने नेकपा माओबादी केन्द्र र नेपाल समाजबादी पार्टी नेपाल विच चुनावी तालमेल गरी गोलाकार भित्र रहेको हसियाँ हतौडाँ चुनाव चिन्ह बाट संघ र प्रदेशको निर्वाचनमा जाने सहमती भएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने आफ्नो पाटी समावेशी संघियता समाजबादको पक्ष र समाजबादी धारका पक्षयमा रहेकाले पनि विचार मिल्ने जो सुकैदलहरु संग चुनाव पछी पाटी एकता गर्ने नेता भटराईले बताए ।  एमाले संग अब कुनै पनि हातलमा चुनावी तालमेल हुँन नसक्ने धारणा व्यक्त गरे । एमाले अध्यक्ष केपी शर्मालोलीले अहिले राजाबादी संग गरेको गठबन्धन लोकतन्त्र विरुद्ध भएको र राजाबादी संग चुनावी एकता गर्ने लाई एमालेलाई के भनौ र ? प्रश्न गरे जनताले एमालेको राजनिति बुझिसकेका ले जनतालाई भ्ररममा नपर्न आग्रह गरे । एमाले ले गरेका कामको मुल्याङक जनताले गरी सकेकाले गठबन्धन कै बहुमत आउने विश्वास रहेको बताए । ७ वटै प्रदेशमा पार्टीको प्रदेश स्तरिय कार्यकर्ता भेटघाट तथा प्रक्षिण कार्यक्रम भईरहेको र अन्य प्रदेशहरुको भेला भेटघाट सकेर २५ गते बागमती प्रदेशमा कार्यक्रमको समापन हुने नेता भटराईले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए ।   


 



सोमबार २०, भदौ २०७९ ०१:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.