नेपालगञ्जमा करेन्ट लागेर बाबुछोराको मृत्यु

युग संवाददाता     542 पटक पढिएको    

नेपालगञ्जमा करेन्ट लागेर बाबुछोराको मृत्यु

नेपालगञ्ज / नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका- १७, ढोडेगाउँ निवाी ४५ वर्षीय परसराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो।

बिहान ५ बजेतिर घरमै अटोरिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको थियो। छोरालाई बचाउन खोज्दा बुवा परसरामलाई पनि करेन्ट लागेको थियो। शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको छ।



शनिबार ०४, भदौ २०७९ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal