नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

युग संवाददाता     191 पटक पढिएको    

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

काठमाडौँ / राष्ट्रपतिबाट प्रमाणीकरण नभई फिर्ता आएको नागरिकता विधेयकलाई पुनः जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त विधेयक संसदबाट पुनः पारित गरेर प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक १५ दिनपछि संसदमा नै पुनर्विचार गर्न भनी टिप्पणसहित यही साउन २९ गते फिर्ता गर्नुभएको थियो । सो विधेयक फिर्ता भएको पत्रसहित आजको प्रनिनिधि सभा बैठकमा पेश भइसकेको छ ।

पुनः छलफलका लागि संसदमा पेश भएको उक्त विधेयकलाई गठबन्धनका शीर्ष नेताहरुको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको स्रोतको भनाइ छ । यद्यपि संसदले यसलाई कसरी अघि बढाउँछ भन्ने कुरा हेर्न बाँकी छ । विधेयक हुबहु पास गर्ने गठबन्धनले निर्णय गरे पनि संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको भूमिका के हुन्छ, त्यसमा समेत भर पर्ने देखिन्छ ।



मङ्गलबार ३१, साउन २०७९ ०७:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.