ट्राफिक प्रहरीद्वारा १ सय १८ जना विद्यार्थीलाई कारबाही

युग संवाददाता     588 पटक पढिएको    

ट्राफिक प्रहरीद्वारा १ सय १८ जना विद्यार्थीलाई कारबाही

काठमाडौं / काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर विभिन्न अभियान संचालन गर्दै आइरहेको छ। अभियान अन्तर्गत आज बिहान कलेजका विद्यार्थी लक्षित ट्राफिक चेकजाँच अभियान सम्पन्न गरिएको हो।

चेकजाँचमा सवारी चालक अनुमति पत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र तीन जना सवार ७ जना विद्यार्थीहरूलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विद्यार्थीहरू कारवाहीमा परेका हुन्।



सोमबार ३०, साउन २०७९ ०८:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal