धनगढी / आगामी मंसिरमा हुने संघीय चुनावमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा युवा नेता शंकर लुहार९धुगाल०ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौमा आज पत्रकार सम्मेलन गर्दै कैलाली क्षेत्र नम्बर ५ बाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने बताएका हुन् । उनले आफुले बहुमतसहित विजयी प्राप्ती गर्ने दाबी गरे ।
दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य समेत रहेका लुहारले आफु निर्वाचित भएसँगै सेती नदी उत्खनन गर्ने सबैभन्दा पहिलो आफ्नो काम गर्ने प्रतिवद्धता जाहेर गरे । उनले जडिबुटी नेपालमा धेरै भएको उल्लेख गर्दै जडिबुटी प्रसोधन गर्ने आफ्नो लक्ष्य रहेको सुनाए ।
नेता लुहारले धनगढी महानगरपालिकाभित्र आजसम्म विभिन्न व्यक्तित्वहरुले राजनीति गरेपनि उनीहरुले साच्चीकै सर्वहारा वर्गको समस्या समेट्न नसकेको टिप्पणी गरे ।
आफु निर्वाचित भएर आएमा मात्र राष्ट्रिय सभामा सुनखानीको सुन उत्खननको आवाज आफुले उठाउने बताए । उनले मतदाताहरुले आफुलाई मत दिनेमा विश्वस्त रहेको बताए । उनले आफ्नो पार्टी माओवादीको भागमा परेन भने पनि दाबी गर्ने तर स्वतन्त्रबाट भने उम्मेदवारी नदिने स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस