मिटरब्याज नियन्त्रण गर्न गृह मन्त्रालयले बनायो कार्यदल

युग संवाददाता     245 पटक पढिएको    

मिटरब्याज नियन्त्रण गर्न गृह मन्त्रालयले बनायो कार्यदल

काठमाडौँ / मिटरब्याज नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव डा।भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा सिआईबीका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उप–सचिव श्रीकृष्ण पौडेल, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् । कार्यदलको सदस्य सचिवमा डिएसपी रोशन खड्का छन् ।

शुक्रबार प्रधानमन्त्रीले गृहमन्त्री, नेपाल प्रहरीका आईजीपी, सशस्त्र प्रहरी प्रमुख र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटर ब्याजको समस्या समाधान गर्न निर्देशन दिएका थिए । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । 



शुक्रबार २७, साउन २०७९ ०६:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.