रवि लामिछाने नेतृत्वको पार्टीको प्रचार सामग्री च्यातियो

युग संवाददाता     271 पटक पढिएको    

रवि लामिछाने नेतृत्वको पार्टीको प्रचार सामग्री च्यातियो

काठमाडौँ / रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामग्री च्यातिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा सो पार्टीले आयोजना गर्न लागेको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको हो ।

हेटौँडाको बुद्धचोकबाट सीमा चोकक्षेत्रमा टाँगिएको प्रचार सामग्री कसले च्यातेको हो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले घटनाको अनुसन्धान तथा प्रचार सामग्री च्यात्नेको खोजी भइरहेको जानकारी दिए । 

लामिछाने नेतृत्वको पार्टीको भोलि बागमती प्रदेश भेला आयोजना हुँदै छ । जिल्ला तथा पालिका समितिहरूको नेतृत्व चयन गर्न भेला आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । 



बिहिबार २६, साउन २०७९ ०६:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.