राष्ट्रपतिबाट डा. गिरीको स्वास्थ्यस्थितिबारे चासो

युग संवाददाता     302 पटक पढिएको    

राष्ट्रपतिबाट डा. गिरीको स्वास्थ्यस्थितिबारे चासो

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेको छ ।

राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उहाँको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेको हो । ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाएको जानकारी दिए ।



आइतबार २२, साउन २०७९ ०८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal