बसबाट ओर्लिदैं गरेका यात्रुको लडेर मृत्यु

युग संवाददाता     170 पटक पढिएको    

बसबाट ओर्लिदैं गरेका यात्रुको लडेर मृत्यु

सर्लाही /  सर्लाहीमा बसबाट ओर्लदैं गरेका एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ । मृत्यु हुनेमा कोडैना गाउँपालिका ३ बस्ने ३५ वर्षीय चन्दन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

डीएसपी यादवका अनुसार सुदामाबाट मलंगवातर्फ जाँदै गरेको ग.१ख ९४५२ नम्बरको बसबाट मलंगवा-२ स्थित झण्डाबजारमा ओर्लिरहेका चौधरीको सर्ट बसेको ढोकामा अल्झिँदा लडेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्‍याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ 



आइतबार १५, साउन २०७९ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.