चुनावअघि कुनै पार्टीसङ्ग एकता हुँदैन : नेपाल

युग संवाददाता     255 पटक पढिएको    

चुनावअघि कुनै पार्टीसङ्ग एकता हुँदैन : नेपाल

धनगढी / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्। धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले अहिले कुनै पार्टीसँग पनि एकता नगरिने बताएका हुन्।

केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र चुनावअघि नै एकता हुने भन्ने खबर आएका थिए। त्यसतर्फ लक्षित गर्दै उनले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।

‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,’अध्यक्ष नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्। अहिले थर्कमान नहुनु। मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ।’

उनले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तार लगायतमा ध्यान दिइरहेको बताएका थिए। अध्यक्ष नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७५३ वटै पालिका र पालिकाका वडामा संगठन निर्माण भइरहेको पनि बताए । उनले नीति, कार्यक्रम, विगत र व्यवहारका आधारमा चुनाव जित्ने भएकोले ती कुरा आफूहरुसँग भएको पनि दावी गरे । 



सोमबार २७, असार २०७९ ११:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.