बुढीगंगा नगरपालिकाको मतगणना : चार सय मत गन्दा ९ मतले एमाले अघि

युग संवाददाता     466 पटक पढिएको    

बुढीगंगा नगरपालिकाको मतगणना : चार सय मत गन्दा ९ मतले एमाले अघि

बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकाको चार सय मत गणना हुँदा एमाले झिनो मतले अघि रहेको छ।

चार सय मत गन्दा मेयरका लागि एमालेका उम्मेदवार रामबहादुर बानियाँले एक सय ८९ पाएका छन्। भने गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार रङ्ग खातीले १८० मत पाएका छन्। 

उपमेयरमा एमालेकी माया खड्का कुँवरले १८७ मत पाएकी छिन् भने काङ्ग्रेसकी रिता शाहीले पनि समान १८५ मत पाएकी छिन्। वडा नं १० को मतगणनामा वडाध्यक्षमा भने कांग्रेस अगाडि छ। कांग्रेस उम्मेदवारले ९५  र एमालेकाले ८९ मत पाएका छन्।

वडा नं १ मा २ सय गणनामा वडाध्यक्षमा एमालेका उम्मेदवार ९२ मतसहित अगाडि र काँग्रेसका ८४ मतसहित पछ्याइरहेका छन्।वैशाख ३० गतेको निर्वाचनमा दुवै पक्षले धाँधली गरेको देखिएपछि असार २३ गते फेरि  मतदान गरिएको थियो।



शुक्रबार २४, असार २०७९ ०५:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal