संसद्‌बाट आज नागरिकता विधेयक फिर्ता गर्दै सरकार

युग संवाददाता     480 पटक पढिएको    

संसद्‌बाट आज नागरिकता विधेयक फिर्ता गर्दै सरकार

काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट आज नागरिकता विधेयक फिर्ता लिँदैछ ।प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार २ बजे प्रतिनिधिसभा बैठक सुरु हुने छ ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सरकारले प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको हो।

उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेस भएको थियो।

संसद्‌मा पेस भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।



बिहिबार २३, असार २०७९ १०:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal