कडा सुरक्षाबीच बुढीगंगामा पुन: मतदान जारी

युग संवाददाता     270 पटक पढिएको    

कडा सुरक्षाबीच बुढीगंगामा पुन: मतदान जारी

बाजुरा,२३ असार । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको पुनः मतदान जारी छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो ।

नगरपालिकाका १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनस् मतदान भइरहेको छ । सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।



बिहिबार २३, असार २०७९ १०:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.