अछाम विनोद मृत्यु प्रकरण : मंगलसेनका विभिन्न स्थान निषेधित क्षेत्र घोषणा

युग संवाददाता     593 पटक पढिएको    

अछाम विनोद मृत्यु प्रकरण : मंगलसेनका विभिन्न स्थान निषेधित क्षेत्र घोषणा

अछाम / अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा दैनिक प्रदर्शन हुन थालेपछि प्रशासनले सदरमुकाम मंगलसेनका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गरेको छ।

सोमबार शाहीको न्यायको लागि मंगलसेन पुगेका आफन्त तथा स्थानीयहरु र प्रहरीबीच झडपको अवस्था सृजना भएपछि विभिन्न स्थानलाई निषेधित घोषणा गरिको हो। जिल्ला प्रशासन कार्यालय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय , बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। ती क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न÷नगराउन आदेश दिइएको छ।

निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतक विनोद शाहीको न्यायको लागि भन्दै सोमबार ५ दलीय गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिँदा १३ सुरक्षाकर्मी घाइते भएका थिए ।

जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षीय किशोर विनोद शाही २२ गते गाउँ नजिकैको भिरमा मृत भेटिएका थिए । पञ्चदेवल बिनायक नगरपालिकाकी मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन् ।



मङ्गलबार २१, असार २०७९ ११:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.